PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

थ्री नेसन्स कप : फाइनल खेलको लागि यस्तो छ नेपाली ‘लाइन अप’



पहिलोपोस्ट

थ्री नेसन्स कप : फाइनल खेलको लागि यस्तो छ नेपाली ‘लाइन अप’

काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल खेल अब केही बेरमा शुरु हुँदैछ। फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल शुरु हुने छ। मंगलवारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कप आज सकिन लागेको हो।

कीर्गिस्तानको टोलि एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।

आजको खेलमा अभिशेक रिजाल र रवि पासवानले विशाल राई र सुनिल बललाई स्थान दिने छन्। नेपाली टिमको हेड कोचमा बालगोपाल महर्जन रहेका छन् भने टिम म्यानेजर मधुसूदन उपाध्याय रहेका छन्।

नेपाली टोली :

गोलकिपर - किरण चेम्जोङ

डिफेन्ड - रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर - त्रिदेब गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, शुनिल बल

फर्वार्ड - अन्जन विष्ट

सब्टिच्युट - निशान खड्का, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ, एरिक विष्ट, दर्शन गुरुङ, भरत खवास, विकेश कुथु, दीप कार्की, सुजल श्रेष्ठ, अभिशेक रिजाल, रवि पासवान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell