PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वाग्मती प्रदेशमा अपराध अनुसन्धानमा खटिने प्रहरीले निश्चित पोशाक लगाउनु पर्ने



निशा गुरुङ

वाग्मती प्रदेशमा अपराध अनुसन्धानमा खटिने प्रहरीले निश्चित पोशाक लगाउनु पर्ने

हेटौँडा : वाग्मती प्रदेशमा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न हुने प्रहरी कर्मचारीहरुलाई आजदेखि निश्चित पोशाक र पहिचान सहित खटाइने भएको छ।

वाग्मती प्रदेश प्रहरी कार्यालयको अवधारणा अनुसार अनुसन्धानको सिलसिलामा घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने व्यवस्था मिलाइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

वाग्मती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका जिल्ला प्रहरी कार्यालय दश र ईलाका प्रहरी कार्यालय ११ गरी २१ वटा प्रहरी कार्यालयमा अपराध अनुसन्धान समूहमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुले घटना स्थलको अनुसन्धानको लागि खटिँदा उक्त पोशाक प्रयोग गर्नेछन्।

अनुसन्धान अधिकृत, सोको अधिकृत, सोको सहायक तथा अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीहरुको छुट्टै पहिचान र कार्य सम्पादनमा एक रुपता ल्याउने उद्देश्यले निश्चित पोशाक र पहिचान सहित प्रयोगमा ल्याइएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell