PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न प्रधानमन्त्री ‌ओली दशरथ रंगशालामा

नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न प्रधानमन्त्री ‌ओली दशरथ रंगशालामा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : थ्री नेसन्स कपको फाइनलमा अहिले नेपाल र बंगलादेश भिड्दैछन्। फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्। ओलीले खेलका रेफ्रीलाई बल हस्तान्तरण गरि खेलाडीहरुसँग भेटेका थिए। प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। 

प्रतियोगिता अवधिभर कीर्गिस्तान र बंगलादेशबीचको खेलमा आत्मघाती गोलबाहेक कुनै टिमले विपक्षीको पोस्टमा गोल गर्न सकेको छैन। घरेलु टोली नेपालले कीर्गिस्तान र बंगलादेश दुबैसँग गोलरहित बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो भने बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १-० र दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell