PahiloPost

Jul 9, 2026 | २५ असार २०८३

फुटबल मोह : भित्र रोमाञ्चक खेल चलिरहँदा यस्तो देखियो रंगशाला बाहिरको दृश्य

फुटबल मोह : भित्र रोमाञ्चक खेल चलिरहँदा यस्तो देखियो रंगशाला बाहिरको दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल खेल आज सम्पन्न भयो। फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्‍यो। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा प्यारापिटमा हजारौै दर्शकको उपस्थिति थियो। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला पुगेका थिए।

रंगशालाभित्र खेल भइरहँदा बाहिरको दृश्य पनि चलायमान देखिएको थियो। ढिलो गरी आएका दर्शकहरु हतार हतार रंगशाला प्रवेश गर्ने क्रममा थिए भने टिकट किन्नेको लाइनमा थुप्रै दर्शकहरु थिए।

रंगशाला भित्र प्रवेश गर्न नपाएकाहरु कोही पर्खाल चढेर फुटबल हेर्दै थिए त कोही घरबाट रंगशालाको दृश्य हेर्दै थिए। 

त्यस्तै, कोही बाहिरबाटै रंगशालाको खेल नियालि रहेका थिए भने कोही बाहिर तिर रहेको टेलिभिजनमा हेरिरहेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell