PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओलीको कारबाहीपछि रावलको प्रतिक्रिया: पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्ध



पहिलोपोस्ट

ओलीको कारबाहीपछि रावलको प्रतिक्रिया: पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्ध

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको कारबाही पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन्।

ओलीको कदमलाई अवैधानिक भन्दै उनले त्यसको भर्त्सना समेत गरेका छन्।

उनले भनेका छन्, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु।’

उनले ओलीको यो निर्णयलाई देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारीको संज्ञा समेत दिएका छन्।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। पार्टीविरुद्ध गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell