PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

यो उपाधि मेरो साथी विराज महर्जनलाई डेडिकेट गर्न चाहन्छु : कप्तान चेम्जोङ



पहिलोपोस्ट

यो उपाधि मेरो साथी विराज महर्जनलाई डेडिकेट गर्न चाहन्छु : कप्तान चेम्जोङ

काठमाडौं : नेपाली फुटबल टोलीले बंगलादेश, नेपाल र कीर्गस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचालेको छ। उपाधि जितेसँगै नेपाली टोलीका कप्तान किरण चेम्जोङले यो उपाधि आजको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका विराज महर्जनलाई डेडिकेट गरेको बताए।

‘म यो ट्रफी मेरो साथी विराज महर्जनलाई डेडिकेट गर्न चाहन्छु,’ कप्तान चेम्जोङले भने , ‘मैले यो प्रतियोगिता हुनु भन्दा अघि नै उनलाई विदाइसँगै यो ट्रफी डेडिकेट गर्ने भनेको थिएँ।’

त्यस्तै, चेम्जोङले घरेलु मैदानमा ट्रफीसँगै महर्जनलाई विदाइ गर्न पाएकोमा खुशी भएको बताए। राष्ट्रिय टोलिबाट ७३ औं खेल खेल्दै महर्जनले आज सन्यास लिएका हुन्।

खेलबारे कुरा गर्दै कप्तान चेम्जोङले ट्यालेन्ट युवा खेलाडीहरु टीममा रहेकाले राम्रो प्रदर्शन गर्न सकेको बताए। त्यस्तै कप्तानको रुपमा पहिलो आधिकारिक ट्रफी जितेकोमा पनि चेम्जोङ मख्ख सुनिए।

नेपालका लागि संजोक राईलले खेलको १७ मिनेट ५१ सेकेन्डमा गोल गरी नेपाललाई अग्रता दिलाएका थिए। यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। संजोक राईलाई आजको खेलको म्यान अफ द म्याच घोषित गरिएको छ।

बंगलादेशका लागि दोस्रो हाफमा महोबबुर रहमानले एक गोल फर्काएका थिए।

यो खेलसँगै पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याससमेत लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell