PahiloPost

May 15, 2026 | १ जेठ २०८३

विद्यालय बिदा गर्ने सरकारको निर्णय मोरङका स्थानीय तहले गरे अस्वीकार



पहिलोपोस्ट

विद्यालय बिदा गर्ने सरकारको निर्णय मोरङका स्थानीय तहले गरे अस्वीकार

विराटनगर : सरकारले गरेको विद्यालय बिदा गर्ने निर्णय मोरङका स्थानीय तहले अस्वीकार गरेका छन्।

वातावरण प्रदूषण उच्च भएका कारण सरकारले चार दिनसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रालयले गरेको उक्त निर्णय प्रदेश १ का विराटनगर महानगरपालिका र इलाम नगरपालिकाले अस्वीकार गरेका छन्। दुवै पालिकाले आजै सूचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय अस्वीकार गरेका हुन्।

केही दिनदेखि बढेको वायु प्रदूषणलाई मध्यनगर गर्दै शिक्षा मन्त्रालयले बिदा दिने निर्णय गरेको छ। परीक्षा परेको बाहेक अन्य सबै शैक्षिकसत्र बन्द गर्ने सरकारले निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell