PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

सुनसरीमा सुँगुर मार्ने झिरले रोपेर एक पुरुषको हत्या



रासस

सुनसरीमा सुँगुर मार्ने झिरले रोपेर एक पुरुषको हत्या
प्रतिकात्मक तस्बिर

इनरुवाः सुनसरी इटहरी उपमहानगरपालिका २ मा सोमबार एक पुरुषको हत्या भएको छ।

स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए। सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको प्रहरीले जनाकारी दिएको छ।

हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो। पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell