PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

म्यानमारको दमनविरुद्ध नेपालको संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

म्यानमारको दमनविरुद्ध नेपालको संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : म्यानमारमा भइरहेको दमन र हत्याको विषयलाई लिएर मानव अधिकार तथा शान्ति समाजले आज पनि प्रदर्शन गरेको छ। आज संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि समाजले प्रदर्शन गरेको हो।

राष्ट्रसंघका महासचिवलाई म्यानमारमा भइरहेको हत्या र दमन अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै समाजले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको हो। त्यहाँ जारी हत्या र दमन तत्काल रोकिनुपर्ने र लोकतन्त्र सीघ्र बहाली हुनुपर्ने मागसहित नेपालस्थित म्यानमारको दूतावास अगाडि पनि यसअघि प्रदर्शन गरिएको थियो।

म्यानमारमा लोकतन्त्र बहाली, राजनीतिक बन्दीको विनाशर्त रिहाईका लागि विश्व एक हुनुपर्ने र मावनता विरुद्धको अपराध रोक्न अन्तर्राष्ट्रिय समुदायले सामुहिक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell