PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

होली खेल्ने क्रममा झगडा हुँदा महिलाको मृत्यु, आधा दर्जन घाइते



राधेश्याम पटेल

होली खेल्ने क्रममा झगडा हुँदा महिलाको मृत्यु, आधा दर्जन घाइते
प्रतीकात्मक फोटो

वीरगंज : बारामा सोमवार होली खेल्ने क्रममा दुई पक्षबीच झगडा हुँदा एक जना महिलाको मृत्यु भएको छ। झगडामा भएको कुटपिटमा परी कलैया उपमहानगरपालिका वडा नं २३ भतौडाकी स्थानीय ६५ वर्षीया संजा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमवार उक्त घटनामा परी घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो। देवीको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।

सोही गाउँको झगडामा परी ६ जना घाइते भएको बारा प्रहरीले जनाएको छ। बारा प्रहरीका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार रामदेव साह, गिर्जादेवी, राजेश साह, अम्बिका साह, विन्देश्वर साह, रामप्रवेश साह घाइते भएका छन्। घटनाको सम्बन्धमा चार जनालाई पक्राउ गरी छानबिन भइरहको प्रहरीले जनाएको छ। यता, कलैया उपमहानगरपालिकाको अर्को वडा २६ नम्बरमा पनि स्थानीयबीच होलीको विषयमा झगडा हुँदा वडा अध्यक्ष, वडा सचिव र एक महिला पनि कुटिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell