PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डेढ महिनाको नेपाल बसाईपछि गौरिका शुक्रवार युके फर्कँदै



पहिलोपोस्ट

डेढ महिनाको नेपाल बसाईपछि गौरिका शुक्रवार युके फर्कँदै

काठमाडौं: पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह शुक्रवार बेलायत फर्कँदै छिन्। एक महिनाको नेपाल बसाइपछि उनी बेलायत फर्कन लागेकी हुन्।

बेलायता रहँदा लकडाउनका कारण पौडीको अभ्यास गर्न नपाएपछि उनी नेपाल आएकी थिइन्। ओलम्पिकको तयारीमा रहेकी उनले नेपाल रहँदा अभ्यास गरेकी थिइन्।

उनी शुक्रवार बेलायत फर्कने गौरिकाकी आमा गरिमा राणाले बताइन्।

'उता लकडाउन भएकाले यता आएको हो। उता खुल्छ त्‍यसैले हामी जान लागेको। शुक्रवार बेलुकीको फ्लाइट छ,' उनले भनिन्।

गौरिकाको ए लेभल क्लास चलिरहेकोले समयान्तरका कारण समस्या भइरहेको उनले बताइन्।

'बेलायती समय भएकाले अलि गाह्रो भयो,' उनले भनिन्।

गौरिका मंगलवार हार्दिक फिटनेस क्लबमा स्वीमिङ पुलको उद्घाटन गर्न पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell