PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपालगञ्ज नाका हुँदै भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना पुष्टि



पूजा पन्थी

नेपालगञ्ज नाका हुँदै भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना पुष्टि

बुटवल : नेपालगञ्ज नाका भएर भारतबाट आएका तेस्रो व्यक्तिमा कोरोना देखिएको छ। भारतको मुम्बईबाट आएका दैलेखका ३४ वर्षीय पुरुषमा कोरोना देखिएको हो।

नेपाल भारत सीमास्थित जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा उनमा मंगलवार दिउँसो कोरोना देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।

यसअघि रोल्पा र बर्दियाका दुई जना पुरुषलाई पनि कोरोना देखिएको थियो। नेपालगञ्ज नाकाबाट मंगलवार ९० जना पुरुष, ३१ जना महिला र ९ जना बालबालिका गरी जम्मा १ सय ३० जना नेपाल प्रवेश गरेकोमा ७ जना शंकास्पदको एन्टिजेन परीक्षण गरिएको वलीले जानकारी दिए।

भारतमा दोस्रो लहरको कोरोना तीब्र गतिमा फैलिएपछि कामको सिलसिलामा भारत पुगेका नेपालीहरु दिनहुँ सयौंको संख्यामा नेपाल फर्किरहेका छन्। भारतबाट आउनेहरुलाई नेपालगञ्ज नाकामा जाँच गरेर मात्र भित्र्याउने गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell