PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

स्पष्टीकरणको जवाफमा सुरेन्द्र पाण्डेको ओलीमाथि आरोप, ‘कङ्गारु अदालतको अभ्यास प्रमाणित भयो’



पहिलोपोस्ट

स्पष्टीकरणको जवाफमा सुरेन्द्र पाण्डेको ओलीमाथि आरोप, ‘कङ्गारु अदालतको अभ्यास प्रमाणित भयो’

काठमाडौँः नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाएका छन्। पार्टीको अनुशासन पालना नगरेको भन्दै अध्यक्ष ओली पक्षले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो। उनले मंगलबार स्पष्टीकरण बुझाएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पाण्डेले जवाफ पठाएका हुन्। जवाफमा उनले प्रधानमन्त्रीले कङ्गारु अदालतको अभ्यास गरिरहेको प्रमाणित भएको आरोप पनि लगाएका छन्। यसअघि नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई बुझाएको स्पष्टीकरण र पाण्डेको जवाफ करिब एकै छ। आफूमाथि लगाइएका आरोप मिथ्या भएको सावितका लागिमात्र जवाफ लेखेका उनले उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री ओलीले गुट भेला गरेर पार्टीको वैधानिक व्यवस्थाको उल्लङ्घन गरेको पनि जवाफमा उल्लेख गरेका छन्।

जवाफमा यसअघि फागुन २८ गते प्रधानमन्त्री निवासमा बसेको बैठकबाट भएका निर्णय अवैधानिक रहेको पनि उल्लेख गरिएको छ। गुटको निर्णय पार्टी निर्णय हुन नसक्ने जवाफमा उल्लेख छ। गुटको निर्णयले पार्टी विधान उल्लङ्घन गरेको जिकिर पनि पाण्डेको जवाफमा उल्लेख छ।

जवाफमा पाण्डेले अवैधानिक बैठकबाट भएका नियुक्ति, महाधिवेशन आयोजक कमिटी, स्थायी समितिको मनोनयन, त्यसपछि गरिएका निर्णय सबै अवैधानिक रहेको पनि जवाफमा उल्लेख छ। उनले पार्टी र आन्दोलन जोगाउन पनि अपिल गरेका छन्। उनले फागुन २८ र त्यसपछि सबै निर्णय खारेजीले मात्र पार्टी एकता कायम राख्न सक्ने उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell