PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

हेटौँडामा भोलिदेखि निजी विद्यालय खुल्ने



निशा गुरुङ

हेटौँडामा भोलिदेखि निजी विद्यालय खुल्ने

हेटौँडा : निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन प्याब्सन मकवानपुरले भोलि देखि हेटौँडा उपमहानगरपालिका भित्रका निजी विद्यालयहरु खोल्न अनुरोध गरेको छ।

प्याब्सन मकवानपुर र प्याब्सन हेटौँडा उपमहानगरपालिकाले संयुक्त रुपमा आज एक सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिका भित्र घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै भोलिदेखि विद्यालय खोल्न अनुरोध गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषण बढेका कारण आजबाट चार दिन देशभरका शिक्षण संस्था बन्द हुने जनाएको थियो।

प्याब्सन मकवानपुरले भने हेटौँडा उपमहानगरपालिकामा घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell