PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

भोलिदेखि वीरगंजका सबै विद्यालय सञ्चालन हुने



पहिलोपोस्ट

भोलिदेखि वीरगंजका सबै विद्यालय सञ्चालन हुने

वीरगंज : वीरगंजका सम्पूर्ण निजी तथा सरकारी विद्यालयहरु भोलि बुधवारदेखि सञ्चालन हुने भएका छन्। वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले फेसबुकमा एउटा सूचना जारी गर्दै विद्यालय खोल्ने निर्णय गरेको हो।

काठमाडौं र पोखरामा वायु प्रदूषण बढेको भन्दै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले हिजो एक विज्ञप्ति निकाल्दै अगामी शनिवारसम्म देशभरकै सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर, वीरगंज आसपासको वातावरणमा खासै वायु प्रदूषणले असर नपारेकोले विद्यालय बन्द गर्नू कुनै आवश्यक नदेखिएकोले सञ्चालन गर्ने निर्णय भएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

वीरगंजका मेयर विजयकुमार सरावगीले भने, ‘कोरोना महामारीको कारण चालू शैक्षिक सत्रमा निकै कम दिन पढाई भएको छ, वीरगंज तिर वायु प्रदुषण खासै देखिएको छैन। थप विद्यालय बन्द गर्दा विद्यार्थीलाई मर्का पर्छ, त्यसैकारण विद्यालय सञ्चालन गर्नु पर्ने निर्णय भएको हो।’

वीरगंज महानगरको ३२ वडामा करिब सय वटा निजी र ९३ वटा प्रावि, निमावि र मावि सञ्चालनमा रहेका छन्। यसैगरी, विराटनगरमा पनि विद्यालय सञ्चालन गर्ने हिजै निर्णय भइसकेका छन्। केन्द्र सरकारको निर्णयलाई अस्वीकार गर्दै स्थानीय सरकारले आफूलाई जायज पर्ने निर्णय गर्न थालेका हुन्।

पर्साका अन्य निकायले बिदा गर्ने या सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको जनप्रतिनिधिहरुले जनाएका छन्। मंगलवार प्रदेश २ सरकारले होली पर्वको रुपमा सार्वजनिक बिदा दिएकोले आज विद्यालय र केही प्रदेश मातहतका सरकारी कार्यालयहरु बन्द गरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell