A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69957b5f2e8138.11812770): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69957b5f2e8138.11812770,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69957b60168b99.09859918): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69957b60168b99.09859918,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

वीरगंजमा कोरोना संक्रमणको त्रास बढ्दो, कस्तो छ रोकथामको पूर्वतयारी?
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

वीरगंजमा कोरोना संक्रमणको त्रास बढ्दो, कस्तो छ रोकथामको पूर्वतयारी?



राधेश्याम पटेल

वीरगंजमा कोरोना संक्रमणको त्रास बढ्दो, कस्तो छ रोकथामको पूर्वतयारी?

वीरगंज : एक सातायता वीरगंजमा पुनः कोभिड-१९ महामारी फैलिने त्रास बढेको छ। भारतको दक्षिणी राज्यहरुमा अघिल्लो वर्षको शुरुमा झैं कोरोना संक्रमित बढ्न थालेपछि यहाँ त्रास बढेको हो।

योसँगै सरकारले भारतको सीमावर्ती क्षेत्रका प्रशासनलाई सीमामा कडाई गर्न उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले पुनः वीरगंजमा कोरोनाको केस निस्कन थालेपछि पूर्वतयारीमा जुटेको छ। तर त्यो पर्याप्त नरहेको चिकित्सकहरुको भनाई छ।

केस बढ्न थाले र केहीलाई श्वासप्रश्वासमा अघिल्लो वर्षमा झैं समस्या देखिए कहाँ राखेर उपचार गर्ने? भन्ने बारेमा पनि अहिलेसम्म टुंगो लागेको छैन। कोभिड अस्पताल सञ्चालन बारेमा पनि प्रक्रिया अघि बढे तपानि कहिलेदेखि सञ्चालन हुने बारेमा टुंगो लागेको छैन।

स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर सम्बन्धित पालिकाकाले गर्नू पर्ने पूर्व तयारीको काम हुन नसकेको बताउँछन्। वीरगंजमा दुई साताभित्र २० वटा पोजेटिभ केस निस्किनुले पुनः कोरोनाको सेकेन्ड वेभ शुरु हुने आशंका ठाकुरको छ। नारायणी अस्पतालका चिकित्सकहरुका कोरोनासँग जुध्न पर्याप्त तयारी आवश्यक रहेको बताउँछन्। तर सो अनुरुपको अस्पताल व्यवस्थापन पक्षले तयारी गर्न नसकेको चिकित्सकहरुको आरोप छ। नारायणी अस्पतालमा १५ बेडको आईसियूसहितको आईसोलेसन वार्ड बनाउने निर्णय भए तापनि हालसम्म आईसियू सञ्चालनमा आएको छैन।

यसमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले ८ भेन्टिलेटर र १५ वेडको आईसिय वेड सञ्चालनमा आउने बताए। उनले तयारीको काम भइरहेकोले छिट्टै सञ्चालन हुने बताए। उनले संक्रमण पुष्टि भएपछि सिरियस बिरामीलाई नारायणी अस्पतालकै आकास्मिक कक्षमा राखेर उपचार गर्न सकिने बताउँछन्।

वीरगंज महानगरका मेयर विजय सरावगीले पोहोरजस्तै प्रदेशभरकै संक्रमितको लागि वीरगंज महानगरले एकले महामारी नियन्त्रणमा आर्थिक सहयोग नगर्ने बताएका छन्। उनले पर्साका १४ वटा पालिकाले आफनो संक्रमितलाई आफै उपचार तथा व्यवस्थापनको जिम्मा लिनुपर्ने धारणा राख्छन्। क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ, कोभिड अस्पताल सञ्चालनमा वीरगंज महानगरले किन खर्च गर्ने? यसपाली यदि महामारी बढ्यो भने उनले सबै पालिकाले आफ्नो तयारी गर्न उनको अपिल छ। संकट व्यवस्थापन केन्द्र पर्साका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोरोनाविरुद्धको तयारी भइरहेको बताए। उनले वीरगंजको नारायणी अस्पतालमा १५ बेडको आईसोलेसन वार्ड, नेसनल मेडिकल कलेजको बाबा हस्पिटलको कोभिड अस्पताल तथा पर्साको पोखरीया, बगही, भिखपुरलगायत  प्राथमिक स्वास्थ्य संस्थामा पनि संक्रमितलाई राखेर उपचार गर्न सकिने बताए। जबसम्म सिरियस हुदैन तबसम्म संक्रमतिहरु होम आईसोलेसनमै बसेर उपचार गर्न सकिने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell