PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बिरामीको मृत्युपछि बुटवलको तिनाउ अस्पतालमा तनाव, अस्पतालभित्रै डाक्टर नपाउँदा ज्यान गएको आफन्तको आरोप



पूजा पन्थी

बिरामीको मृत्युपछि बुटवलको तिनाउ अस्पतालमा तनाव, अस्पतालभित्रै डाक्टर नपाउँदा ज्यान गएको आफन्तको आरोप

बुटवल : बुटवलस्थित तिनाउ इन्टरनेसनल अस्पतालमा भर्ना भएकी बिरामीको समयमै डाक्टर नपाउँदा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन्। गत सोमबारदेखि तिनाउ अस्पतालमा भर्ना भएकी सैनामैना साालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेको गएराति मृत्यु भएको हो।

अस्पतालभित्रै समयमा डाक्टर उपलब्ध नभएको कारण पार्वतीको मृत्यु भएको आफन्तजनको आरोप छ। अक्सिजनको कमी भएर अस्पताल ल्याइएकी उनलाई श्वासप्रश्वास लिन असहज भएपछि उनीहरुले 'डाक्टर कल' गर्न भनेका थिए।

प्रादेशिक अस्पतालमा भर्ना गर्न टिकट काटे पनि त्यता अक्सिजनसहितको बेड खाली नभएर तिनाउ ल्याइएको मृतकका पति सुर्यप्रसाद बरालले बताए।

बिरामीको अवस्था कमजोर भएर मध्यराती अन्दाजी ११ तिर डाक्टर कल गर्दा पनि नआएपछि ११:४३ मा दोस्रो फोन गरेपछि मात्रै चिकित्सक आइपुगेको बरालले बताए। बिरामीलाई पटकपटक आइसियुमा लैजान आफन्तले आग्रह गरे पनि नलगेको र २:४० मा अचेत भएपछि पम्प गर्दै आइसियु लगिएको मृतककी छोरी सुस्मिता बरालले बताइन्।

इमर्जेन्सीका ड्युटी अफिसर रुद्र भण्डारी  समयमा बिरामीको उपचारमा नपुग्दा पार्वतीको मृत्यु भएको आफन्तको आरोप छ।

‘२४ सै घण्टा डाक्टरको सुविधा छ भनेर गरेको प्रचार हेरेर श्रीमतीलाई अस्पताल ल्याइयो। अहिले डाक्टर नपाएर श्रीमतीको ज्यान गयो,’ बरालले दुखेसो पोखे।

डाक्टरलाई कारवाही गर्न माग गर्दा अस्पतालका अध्यक्ष चिरन्जिवी जोशीले गोप्य कोठामा बसेर कुरा मिलाउन भनेको बरालले आरोप लगाए। ‘मेरो जहान बितेको छ, म कोठामा बसेर कुरा मिलाउन चाहन्नँ, डाक्टरमाथि कारवाही हुने पर्‍यो,’ बरालको माग छ।

यता अस्पताल प्रशासनले भने रिफर गर्न भनेको दाबी गरिरहेको छ। यसबारे अस्पतालका अध्यक्ष जोशीले प्रतिक्रिया दिन मानेनन्। 

इमर्जेन्सीका डाक्टर 'डाक्टर कल' गरेको ४८ मिनेटपछि अस्पताल पुगेको भने उनले स्विकारे। 

पार्वतीको उनको सिटिस्क्यान, ईको,छातीको एक्सरे गरिएको थियो। चैत १७ गते समस्या छैन भनेर ११ बजे सामान्य खाना खुवाएको परिवार स्रोतले जनाएको छ। मृतकका २ छोरी र १ श्रीमान छ्न्। उनी फागुन १७ गते मोटरसाइकल दुर्घटनामा परेकी थिइन्। यता अस्पताल प्रशासनले भने तोडफोड हुनसक्ने भन्दै अस्पताल परिसरमा प्रहरी तैनाथ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell