PahiloPost

May 15, 2026 | १ जेठ २०८३

दमकमा घर भाडामा लिएर यौन क्रियाकलाप गराएको अभियोगमा दुई महिला समातिए



पहिलोपोस्ट

दमकमा घर भाडामा लिएर यौन क्रियाकलाप गराएको अभियोगमा दुई महिला समातिए

काठमाडौंः मानव बेचबिखनको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमक (झापा) बाट खटिएको टोलीले मोरङ पथरीशनिश्चरे नगरपालिका बस्ने ३८ वर्षीय उर्मिला नेम्बाङ र इलाम चुलाचुली गाउँपालिका बस्ने ३८ वर्षीय बन्ठि भन्ने नन्दिता साँवा लिम्बुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले झापा दमक नगरपालिका ६ नयाँ सब्जी बजार नजिकै घर भाडामा लिएर विभिन्न उमेर समूहका युवती देखि महिलालाई राखी यौन क्रियाकलाप गराउने गरेको सूचनाको आधारमा घरमा फेला परेका महिलाहरूको बयानको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीले घरबाट ८ जना महिलालाई उद्धार समेत गरेको छ। उनीहरूले विभिन्न काम खोज्न आएका महिला तथा युवतीलाई घरमा राखेर यौन क्रियाकलाप गराउने गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू विरुद्ध जिल्ला अदालत झापाबाट मानव बेचबिखन कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell