PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बंगलादेशमा जारी कबड्डीमा पोल्याण्डमाथि नेपालको जित, अर्को खेलमा केन्यासँग भिड्दै



पहिलोपोस्ट

बंगलादेशमा जारी कबड्डीमा पोल्याण्डमाथि नेपालको जित, अर्को खेलमा केन्यासँग भिड्दै

काठमाडौं: बंगलादेशमा बंगबंधु कप इन्टरनेशनल टुर्नामेन्टमा नेपाली राष्ट्रिय कबड्डी टोलीले पोल्याण्डमाथि जित निकालेको छ।

आज बिहान सम्पन्न खेलमा नेपालले पोल्याण्डमाथि २१ प्वाइन्टले जित निकालेको हो। नेपालले ४० प्वाइन्ट ल्याउँदा पोल्याण्डले १९ प्वाइन्ट ल्याएको थियो। नेपालले अर्को खेलमा केन्यासँग भिड्ने छ। अब केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्ने छ। हिजो सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १४ अंकले पराजित भएको थियो।

'सबैले राम्रो खेल खेले। हामी सेमिफाइनलमा पुगिसकेका छौं। मेडल टच भइसकेको छ,' नेपाली टोलीका सिनियर खेलाडी कल्याण भुजेलले भने,'मेडल टच त भइसकेको छ तर पोल्याण्डलाई जितेरै धेरै खुशी हुने अवस्था छैन। किनभने केन्या र श्रीलंका बाँकी नै छ।' 

प्रतियोगितामा बंगलादेशसहित नेपाल, पोल्याण्ड, केन्या र श्रीलंकाको सहभागिता छ।

फाइनल खेल अप्रिल २ मा हुनेछ।

नेपाली टिम: 

लालमोहर यादव, कुमार लामा, कल्याण भुजेल, रञ्जित गजमेर, प्रविन खड्का, बिनोद तामाङ, प्रदिप मिजार, नागेश्वर थारु, बन्धु राना, रमु टमाटा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell