PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

अखिल क्रान्तिकारीले घेर्‍यो नेपालस्थित म्यानमारको दूतावास, दमनको चर्को विरोध

अखिल क्रान्तिकारीले घेर्‍यो नेपालस्थित म्यानमारको दूतावास, दमनको चर्को विरोध

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेको छ।

म्यानमारमा सैन्य कू पछि भएका दमनविरुद्ध ज्ञापनपत्र सहित दूतावास अगाडि प्रदर्शन गरेको हो। अध्यक्ष रंजीत तामाङले जारी गरेको ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका ५ सय भन्दा धेरैको हत्या भएकोमा आपत्ति प्रकट गरिएको छ। 

माघ १९ गतेको 'सैन्य कू' पछि म्यानमारमा दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ। सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बालबालिका समेत रहेका छन्। प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिक माथि दमन बढाउँदै गरेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell