PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

आफैंले चलाएको बन्दुकको गोली लागेर घाइते भएका युवकको मृत्यु



रासस

आफैंले चलाएको बन्दुकको गोली लागेर घाइते भएका युवकको मृत्यु
प्रतिकात्मक तस्बीर

बैतडीः गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय  लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो। काठमाडौँमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

चैत १४ गते घरमै रहेका बेला आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ। उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell