PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेकपा एमालेमा फुटको अभ्यास, माधव नेपाल समूहको युवासंघले गर्‍यो कार्यालयको उद्घाटन



पहिलोपोस्ट

नेकपा एमालेमा फुटको अभ्यास, माधव नेपाल समूहको युवासंघले गर्‍यो कार्यालयको उद्घाटन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह निकट युवा संघले बबरमहलमा आफ्नो कार्यालयको उद्घाटन गरेको छ। नेता नेपालको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो। नेपालले परिवर्तनका लागि युवाहरू एकजुट हुन आवश्यक भएको बताए।

नेकपा एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समानान्तर गतिविधिका साथ नेपाल-खनाल समूहले भातृ संगठनमा छुट्टै कमिटीहरु गठन गरेको छ। यसअघि नै महिला संघ, अनेरास्ववियु लगाएतमा नेपाल समूहले आफ्नो छुट्टै समूह बनाएको छ।

समानान्तर रुपमा गतिविधि बढन थालेपछि ओलीले नेपाल-खनाल समूहका नेतालाई कारवाही गरेका छन्। नेपाल र उपाध्यक्ष रावललाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल समूहले देशव्यापी रुपमा ओलीविरुद्ध एकजुट हुन आह्वान गरेको छ। बुधवार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी पुनर्गठनमा लाग्ने निर्णय गरेको थियो। तत्कालका लागि एमालेबाट अलग बसेर संघर्ष गर्न सम्भव नभएको निष्कर्ष निकाल्दै उक्त समूह एमालेमै बसेर संघर्ष गर्ने निचोडमा छ। यद्यपी नेपाल समूहले ओली इतरका कम्युनिस्ट घटक नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell