PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

माधव नेपाललाई प्रश्न : छुट्टै पार्टी बनाउन लागेको हो?



पहिलोपोस्ट

माधव नेपाललाई प्रश्न : छुट्टै पार्टी बनाउन लागेको हो?

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता (निलम्बित) माधव कुमार नेपालले ओलीलाई सच्चिने अन्तिम मौका भएको बताएका छन्। उनले फागुन २८ गतेको निर्णय फिर्ता लिएर ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीका आधारमा अघि बढे अझै एमाले एकताको आसाको त्यान्द्रो बाँकी रहेको बताए।

बबरमहलस्थित युवा संघको पार्टी कार्यालय उद्घाटनपछि सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई कारवाही गरेकाले अब त्यतिकै नबस्ने बताए।

उनले अर्को छुट्टै पार्टी बनाउनेबारे संकेत गर्दै भने,'संगठन बनिसकेपछि पार्टीबाट सबै निकालिएपछि सडकमा बसेर हिँड्ने कुरा आउँछ त? आन्दोलनमा अगाडि बढिने छ। देशभरका कार्यकर्ताले जे भन्छन् त्यही गरिने छ।'

ओलीको आलोचना गर्दै नेपालले ओली समस्या मात्रै भएको एमालेमा आफू समाधान भएको दाबी गरे।

'केपी ओली भनेको समस्या हुन्। माधव नेपाल भनेको समाधान हो,' नेपालले भने।

सर्वोच्च अदालतको फागुन २३ गतेको एमाले माओवादि अलग गराउने फैसला उचित नभएपनि आफूले स्वीकारेको उनको भनाई छ। तर, ओलीले भने अदालतको निर्णयको अवज्ञा गरेको नेपालको आरोप छ।

'सर्वोच्चको निर्णय उचित मानेका छैन। अस्वीकार पनि गरेका छैनौ। तर, केपी ओलीले अदालतको निर्णयको अवज्ञा गरेका छन्,' उनले भने।

नेपालले एमाले बनाउनमा ओलीको महत्वपूर्ण योगदान नभएको र कम्युनिष्ट आन्दोलनमा पनि ओलीको भुमिका नभएको आरोप लगाए। उनले ओलीले आफूलाई निकाल्न नसक्ने बताए। 'एमाले बनाउनेमा उनको भुमिका छैन्। मलाई केपी ओलीले निकाल्ने त्यो पनि कसैले सोच्न सक्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell