PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

उपत्यकाभित्रका कोरिडोर सडक व्यवस्थापनमा ट्राफिकको छुट्टै टोली खटाइयो



पहिलोपोस्ट

उपत्यकाभित्रका कोरिडोर सडक व्यवस्थापनमा ट्राफिकको छुट्टै टोली खटाइयो

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाएको छ। महाशाखाले बुधवारबाट कोरिडोर व्यवस्थापनको लागि नयाँ ट्राफिकको टोली गठन गरेर  परिचालन गरेको हो।

उपत्यकाको मुख्य कोरिडोरहरू विष्णुमती, वाग्मती, धोविखोला र मनोहरा कोरिडोर क्षेत्रमा ट्राफिक प्रहरीको टोली खटिनेछन्। आजदेखि कोरिडोरलाई चौबिस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागि १७ टोली गठन गरी परिचालन गरेको महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराइले जानकारी दिए।

महाशाखाले कोरिडोर सडकहरूमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रूपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

यो टिमले आम सवारी चालकहरूलाई आफ्नो गन्तव्यसम्म पुग्नका लागी छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ। कोरिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell