PahiloPost

May 15, 2026 | १ जेठ २०८३

पछिल्लो २४ घण्टामा १६२ जनामा कोभिड १९ पोजेटिभ, काठमाडौंमा मात्र ५० जना संक्रमित थपिए



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा १६२ जनामा कोभिड १९ पोजेटिभ, काठमाडौंमा मात्र ५० जना संक्रमित थपिए

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ सय ६२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा १ सय ६२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। २४ घण्टामा देशभर रहेका विभिन्न ल्याबहरूमा ३ हजार ९ सय १९ जनाको पिसिआर परीक्षण गरिएको थियो।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरूमा ६७ जनामा कोभिड पोजेटिभ देखिएको हो। भक्तपुरमा ४ जना, ललितपुरमा १३ जना र काठमाडौंमा ५० जनामा कोभिड १९ पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए।

गएको सोमबारदेखि आजसम्म १० हजार १ सय ८१ जनाले पिसिआर परीक्षण गरेका छन्। जसमा ४ सय ७० जनामा पोजेटिभ देखिएको थियो। मन्त्रालयले पछिल्लो समय कोभिड संक्रमितको सङ्ख्या बढेकाले सबैले मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell