PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

नालामा श्रृष्टिकान्त लोकेश्वरलाई गराइयो नगर परिक्रमा

नालामा श्रृष्टिकान्त लोकेश्वरलाई गराइयो नगर परिक्रमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : श्रृष्टिकान्त लोकेश्वरको जात्रा सम्पन्न भएको छ। पुण्यमति नदीको किनारमा अवस्थित लोकेश्वर नाला करुणामयको नामले प्रसिद्ध छन्।

 

हरेक वर्ष नेपाल संवतको चिल्लागा पारु अर्थात् फागु पुर्णिमाको भोलिपल्ट लोकेश्वरको 'न्हवं' गरिन्छ। न्हवंमा महास्नान गराइसके पछि लोकेश्वरको प्राणलाई ब्रम्हकलशमा राखेर भोलिपल्ट मुर्तिमा रंगरोगन गर्ने गरिन्छ।

सोही रात दशकर्म पुजा गरिन्छ र तृतियाको दिन (आज) खटमा राखेर नगर परिक्रमा गराइने परम्परा रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell