PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर कुर्मी पक्राउ, कारागार चलान



पहिलोपोस्ट

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर कुर्मी पक्राउ, कारागार चलान

वीरगंजः बारा प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका ४ का उमेशकुमार कुर्मी रहेका छन्।

बारा जिल्ला अदाललतले उनलाई २०७५ भदौ २८ गते १० महिना ७ दिनको कैद सजाय सुनाएको थियो।

घरमै लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। कैद भुक्तानको लागि उनलाई वीरगंज कारागारमा पठाइएको बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell