PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'म्यानमारलाई बचाऔं' भन्दै वसन्तपुरमा मैनबत्ती बाल्दै गरियो 'थ्री फिंगर सल्युट'

'म्यानमारलाई बचाऔं' भन्दै वसन्तपुरमा मैनबत्ती बाल्दै गरियो 'थ्री फिंगर सल्युट'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएर हिंसा फैलाएको र नागरिकमाथि दमन गरेको विरोधमा काठमाडौंमा ‍शान्तिपूर्ण प्रदर्शन गरिएको छ। वसन्तपुरमा युवाहरुले मैनबत्ती बालेर म्यानमारमा शान्तिको बाटोमा ल्याउन माग गरेका हुन्।

मैनबत्ती प्रज्वलन कार्यक्रममा सहभागीहरुले 'म्यानमारलाई बचाऔं', 'हामी बर्मेलीको साथमा छौं' लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। यस्तै, युवाहरुले म्यानमारमा सैन्य शासनविरुद्धको प्रतिक बनेको 'थ्री फिंगर सल्युट' समेत गरेका थिए। 

माघ १९ गतेको 'सैन्य कू' पछि म्यानमारमा दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ। सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बालबालिका समेत रहेका छन्। प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिक माथि दमन बढाउँदै गरेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

सैनिक जवानहरुलाई गोली चलाउन छुट दिए दैनिक सर्वसाधरणहरु मारिएका छन्। सरकारको विरोधमा उत्रेकाहरुलाई घरभित्र पसेर सेनाले नियन्त्रणमा लिइरहेको छ।

अमेरिकाले 'आतंकको शासन' चलाइरहेको भनेको जुन्ता सरकारको दमनबाट बच्न सयौं मानिस छिमेकी देश थाइल्यान्ड र  भारत पुगेका छन्। सैन्य कू विरुद्धको जनप्रदर्शनमा नेपाली मूलका बर्मेलीहरुले समेत साथ दिइरहेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell