PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रदेश २ मा बढ्दै कोरोनाका सक्रिय संक्रमित



पहिलोपोस्ट

प्रदेश २ मा बढ्दै कोरोनाका सक्रिय संक्रमित
फाइल फोटो

वीरगंजः पर्सा र बारामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको ३८ जनाको स्वाब परीक्षणमा पर्साका ६ र बाराका २ गरी ८ जनामा संक्रमण पुष्टि भएको डा. सरोजरोशन दासले जानकारी दिए।

वीरगंजका ६ जना नै २० देखि ५१ वर्षभित्रका पुरुष हुन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ। समाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार सक्रिय संक्रमितमध्ये पर्सामा २४, बारामा ७, सर्लाही र सिरहामा १/१, महोत्तरीमा २ र धनुषामा ६ जना रहेका छन्।

दुई साताअघि प्रदेश २ का आठ जिल्लामा जम्मा १० जना सक्रिय संक्रमित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell