PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

रेफ्री कुटपिट प्रकरणः आयोजकलाई ११ हजार जरिवाना, ६ खेलाडी र १ जना प्रशिक्षक निलम्बित



पहिलोपोस्ट

रेफ्री कुटपिट प्रकरणः आयोजकलाई ११ हजार जरिवाना, ६ खेलाडी र १ जना प्रशिक्षक निलम्बित

काठमाडौंः मोरङ जिल्लामा केही दिनअघि सम्पन्न वडास्तरीय फुटबल प्रतियोगितामा रेफ्रीमाथि हातपात गर्ने खेलाडी र प्रशिक्षक कारबाहीमा परेका छन्। त्यस्तै सुरक्षा दिन नसकेको भन्दै आयोजकलाई मोरङ जिल्ला फुटबल संघले ११ हजारको जरिवाना गरेको छ।

कारबाहीमा पर्ने ६ जना खेलाडीमध्ये ४ जनालाई दुई वर्षको प्रतिबन्ध र दुई जनालाई एक वर्ष नेपालभर खेल्न नपाउने प्रतिबन्ध लगाइएको छ।

दुई वर्षको निलम्बनमा पर्नेमा राज तामाङ, सनम मुडियारी, सोनम कार्की र पुष्कर राई छन्। त्यस्तै सनम तामाङ र आकाश धिमाल एक वर्षको निलम्बनमा परेका छन्। त्यस्तै प्रशिक्षक खाम्बा लिम्बुमाथि १८ महिनाको प्रतिबन्ध लगाइएको छ।

कुटाइ खाने रेफ्री जमुना आलेमगर हुन्।

के भएको थियो?

होलीको दिन पथरी सनिश्चरे भुटानी शिविरद्वारा सञ्चालित वडास्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा वडा १० र पथरी शिविरबीच खेल सकिएलगत्तै खेलाडी झगडामा उत्रिएका थिए। खेलाडीसँगै समर्थक पनि उत्रिएर रेफ्रिमाथि हातपात गरेका थिए।

पराजय ब्यहोरेसँगै पराजित टिमका खेलाडी रेफ्रीमाथि जाइलागेका थिए। 

त्यस्तै रेफ्रीमाथि कुटपिट गर्ने दुई दर्शकमाथि सार्वजनिक अपराधमा मुद्धा अघि बढाउने निर्णय जिल्ला फुटबल संघले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell