PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते



पहिलोपोस्ट

महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते

जनकपुरधामः महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्ड अन्तर्गत बैरियामा चलेको गोलीबाट बर्दिवास नगरपालिका १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

अचार्यका अनुसार बुधबार बेलुका करिब ७:३० बजेतिर गोली चलेको हो।

घटनाबारे अनुसन्धान भइरहेको आचार्यले बताए। घाइते कोइरालाको बर्दिबासस्थित जनसेवा अस्पताल उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell