PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

क्यालिफोर्नियाको अफिस भवनमा बन्दुकधारीले लिए चार जनाको ज्यान



पहिलोपोस्ट

क्यालिफोर्नियाको अफिस भवनमा बन्दुकधारीले लिए चार जनाको ज्यान
फोटो : AP

अमेरिकामा फेरि बन्दुकधारीले जथाभावी गोली प्रहार गरेर ४ जनाको ज्यान लिएका छन्। बन्दुकधारीलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ।

जतिखेर प्रहरीले बन्दुकधारीलाई गोली प्रहार गरेर ढाले त्यतिखेर ४ जना मानिस उसको बन्दुकको निसाना भइसकेका थिए। दक्षिणी क्यालिफोर्नियाको एउटा अफिस बिल्डिङमा एक व्यक्तिले जथाभावी गोली चलाउँदा चार जनाको मृत्यु भयो जसमा एक बालकसमेत थिए। गोली लागेका पाचौं व्यक्ति घाइते अवस्थामा अस्पताल पुर्‍याइएका छन्। 

स्थानीय समयअनुसार साँझ ५:३० बजे गोली प्रहार भएको हो। दुई तले अफिस भवनको दोस्रो तल्लामा गोली प्रहार भएको हो। साँझ ७ बजेसम्म स्थिति नियन्त्रणमा रहेको र सर्वसाधारण असुरक्षित हुनुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। 

पछिल्लो दुई सातामा यसैगरी अन्धधुन्ध गोली प्रहारबाट १० जना मानिसले ज्यान गुमाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell