PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२४ घण्टामा देशभर १ सय ५२ जना कोभिड १९ सङ्क्रमित थपिए



पहिलोपोस्ट

२४ घण्टामा देशभर १ सय ५२ जना कोभिड १९ सङ्क्रमित थपिए

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बुलेटिन जारी गर्दै १ सय ५२ जनामा कोभिड पोजेटिभ भएको जानकारी दिएको छ। त्यस्तै कोभिडको कारण एक जनाको मृत्यु भएको छ। २४ घण्टामा ६५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म देशभर २ लाख ७७ हजार ४ सय ६१ जनामा कोभिड पोजेटिभ देखिएको छ।

अहिलेसम्म देशभर २२ लाख ७५ हजार ५ सय ४० जना मानिसको पिसिआर परीक्षण गरिएको छ। कोभिड १९ सङ्क्रमण भएका ३ हजार ३१ जना मानिसको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell