PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

च्याम्पियनसिपमा सहभागी हुन जुडो टोली कीर्गिस्तान जाँदै



पहिलोपोस्ट

च्याम्पियनसिपमा सहभागी हुन जुडो टोली कीर्गिस्तान जाँदै

काठमाडौं : एसियाली/ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रवार कीर्गिस्तानको बिस्केक प्रस्थान गर्दैछ।

अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्। महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पुनम श्रेष्ठले भाग लिने छन्।

चारै खेलाडी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता हुन्। देविका र पुनमले १३ औं सागका स्वर्ण विजेता हुन्। इन्द्रले रजत तथा सोनियाले कांस्य जितेका थिए।

ओलम्पिक बरीयताका रुपमा समेत रहेको प्रतियोगितामा ३१ राष्ट्रका १ सय २३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ।

टोली प्रशिक्षकमा ओलम्पियन ऋषिराम प्रधान रहेका छन्। जुडो संघका महासचिव समेत रहेका धर्मकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्ने छन्। स्पोर्ट्स डाइरेक्टर सुप्रसिद्ध ताम्राकार पनि टोलीसंगै कीर्गिस्तान जाँदै छन।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले बिहीवार एक कार्यक्रमबीच बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell