PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौं आइपुगिन् कतारकी पर्वतारोही आस्मा अल थानी, सगरमाथा चढेर विश्वलाई समानताको सन्देश दिने

काठमाडौं आइपुगिन् कतारकी पर्वतारोही आस्मा अल थानी, सगरमाथा चढेर विश्वलाई समानताको सन्देश दिने

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कतारकी पर्वतारोही शेख आस्मा अल थानी सगरमाथा आरोहणको लागि नेपाल आएकी छिन्। काठमाडौं ओर्लिसकेपछि थानीले दरबारमार्गस्थित याक एन्ड यति होटलमा पत्रकारहरुसँग आफ्नो सगरमाथा आरोहरणको योजना बारे कुराहरु गरिन्। उनले नेपाल आउन पाउँदा आफू निकै खुशी भएको र सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्ने बताइन्।

सगरमाथा चढेर आफूले विश्वलाई लैंगिक समानताको सन्देश दिने र खाडी देशहरुमा व्याप्त रुढीवादी सोच अन्त्य गर्ने जर्मको गरेको उनले बताइन्। 

कतारको राजपरिवारको सदस्य समेत रहेकी ३१ वर्षीया थानी ‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा छिन्। ग्रान्ड स्लाम अन्तर्गत संसारका सात उच्च शिखरको आरोहण तथा उत्तर र दक्षिण ध्रुवमा पुग्ने उनको लक्ष्य छ।

उनले २०१८ मा दक्षिणी ध्रुवमा स्कीइङ गरेकी थिइन्। दक्षिणी ध्रुवमा स्कीइङ गर्ने उनी पहिलो कतारी नागरिक हुन्। त्यस्तै, उनी माउन्ट एकोन्कागुवाको आरोहण गर्ने पहिलो कतारी महिला हुन्। उनले २०१९ मा माउन्ट एकोन्कागुवाको आरोहण गरेकी थिइन्।

त्यसको साथै २०१४ मा किलिमन्जारो पर्वतको आरोहण गर्ने कतारी महिलाहरुको समूहमा पनि उनी सहभागी थिइन्। यो वर्षको अप्रिलदेखि मेसम्ममा उनले सगरमाथाको आरोहणको प्रयास गर्ने छिन्। त्यसमा सफल भएमा उनी सगरमाथाको आरोहण गर्ने पहिलो कतारी महिला हुनेछिन्।

आस्माले मध्यपूर्वी देशमा महिला सशक्तिकरणको पक्षमा वकालत गर्ने गरेकी छिन्। उनको कतार, सो क्षेत्र र अन्तर्राष्ट्रिय रुपमा पनि खेलकुद क्षेत्रमा महत्वपूर्ण प्रभाव रहेको छ। कतार ओलम्पिक कमिटीमा वरिष्ठ महिला अधिकारीको रुपमा रहेकी उनको कतारका मुख्य खेलकुद परियोजनाहरुमा महत्वपूर्ण योगदान रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell