काठमाडौं : आरबीबी एनभीए भलिबल लिगमा सशस्त्र प्रहरीको एपीएफले जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा एपीएफले बुलबुले रारा भलिबल क्लबमाथि ३-१ को सेटमा जित निकालेको हो। एपीएफले २५-२०, २८-२६, २८-२५, ३२-३० ले जित निकालेको हो।
आजबाट शुरू भएको प्रतियोगिताको यसअघिको खेलमा नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो। पुलिसले खेल २५-९, २५-२१ र २५-१६ को सेटमा हराएको थियो।
त्यस्तै, महिला तर्फको खेलमा न्यु डाइमण्डले सुखद सुरूवात गर्यो। उसले ढोरपाटन स्पोर्टिङ क्लबमाथि ३-० को सोझो सेटमा जित निकाल्यो। न्यु डाइमण्डले २५-६, २५-२ र २५-५ को सेटमा जित निकालेको थियो।
