PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पत्रकार महासंघमा चुनावी माहोल : वाग्मती प्रदेश समितिमा ४२ जनाको उम्मेद्वारी, अध्यक्षमा मात्रै तीन भिड्ने



निशा गुरुङ

पत्रकार महासंघमा चुनावी माहोल : वाग्मती प्रदेश समितिमा ४२ जनाको उम्मेद्वारी, अध्यक्षमा मात्रै तीन भिड्ने

हेटौँडा : नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समितिको निर्वाचन कार्यक्रमअन्तर्गत बिहीवार उम्मेद्वारी दर्ताको प्रक्रिया पूरा भएको छ। पदाधिकारीसहित २१ सदस्यीय प्रदेश समिति चयनका लागि हुँदै गरेको निर्वाचनमा ४२ जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ।

प्रदेश अध्यक्षका लागि मकवानपुरका गिरिजा अधिकारी, नुवाकोटका शिव देवकोटा र चितवनका हरिप्रसाद पोखरेलको उम्मेद्वारी परेको छ। यस्तै, खुला उपाध्यक्षमा धादिङका नवराज छत्कुली, मकवानपुरका रुपेश दुलाल र मकवानपुरकै हरिप्रसाद हुमागाईको उम्मेद्वारी परेको छ। अल्पसंख्यक सदस्य पदमा भने दोलखाकी निराशी थामीको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिका सदस्य सुरेश श्रेष्ठले जानकारी दिए।

महिला उपाध्यक्षमा मकवानपुरकी नानीमैया कार्की (सम्झना) र चितवनकी संगीता आचार्यको उम्मेद्वारी परेको छ। महासचिवमा धादिङका केशव अधिकारी र मकवानपुरका कृष्ण सारु मगरको उम्मेद्वारी परेको छ। खुला सचिवमा काभ्रेका दयाराम महत र सिन्धुपाल्चोकका युवराज पुरीको उम्मेद्वारी परेको छ। समावेशी सचिवमा जीवन लामा र राजन बिकको उम्मेद्वारी परेको छ। कोषाध्यक्षमा रमेश ढुंगेल र रामचन्द्र नेपालको उम्मेद्वारी परेको छ।

खुला सदस्य ५ जनाका लागि ११ जनाको उम्मेद्वारी परेको छ। खुला सदस्यतर्फ नुवाकोटका कृष्णप्रसाद ढुंगाना र रामहरि गजुरेल, मकवानपुरका गोपी न्यौपाने, सुजन विडारी र सुदीप सिवाकोटी, सिन्धुपाल्चोकका जीवन कुँवर, चितवनका प्रकाश सिग्देल, रसुवाका प्रेमप्रसाद पौडेल, सिन्धुलीका लक्ष्मण घिमिरे, दोलखाका श्यामप्रसाद खतिवडा र सन्तोष भुजेलको उम्मेद्वारी परेको छ। ३ जना महिला सदस्यमा ५ जनाको उम्मेद्वारी परेको छ। महिला सदस्यमा सिन्धुलीकी अञ्जु तामाङ, चितवनकी सविता श्रेष्ठ, रामेछापकी ज्ञानु श्रेष्ठ, काभ्रेकी सविता न्यौपाने र सम्झना हुमागाईको उम्मेद्वारी परेको हो।

एकजना दलित सदस्यमा धादिङका केशव नेपाली र सिन्धुपाल्चोकका प्रकाश सुन्दासको उम्मेद्वारी परेको छ। दुई जना आदिवासी जनजाति सदस्यमा रामेछापका अमृत बहादुर सुनार, धादिङका काजी श्रेष्ठ, चितवनका गीता गुरुङ र काभ्रेका पेमा लामाको उम्मेद्वारी परेको छ।

दुई जना मधेसी सदस्यका लागि चितवनकी पवित्रा ढकाल (भगत), प्रविणकुमार दत्त र सरिता महतोको उम्मेद्वारी परेको छ। उम्मेद्वारीमाथि दावी विरोध र अन्तिम नामावली शुक्रवार प्रकाशित हुनेछ भने निर्वाचन कार्यक्रम चैत २५ गतेका लागि तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell