PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

लुम्बिनी प्रदेश पत्रकार महासंघको नेतृत्वको लागि ३ जनाको उम्मेद्वारी



पूजा पन्थी

लुम्बिनी प्रदेश पत्रकार महासंघको नेतृत्वको लागि ३ जनाको उम्मेद्वारी

बुटवल : चैत २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको निर्वाचनको लागि बिहीवार मनोनयन दर्ता भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको नेतृत्वको लागि ३ जनाको उम्मेद्वारी परेको छ।

अध्यक्षमा घनश्याम गौतम, बसन्त गिरी र भरत केसीको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक सुदीप गौतमले जानकारी दिए। उपाध्यक्षमा गणेश कुमार आचार्य, माधव भाट, शिवलाल सुवेदी र शुक्रऋषि चौलागाईको उम्मेद्वारी परेको छ।

यस्तै, महिला उपाध्यक्षको लागि चुना आचार्य र पुष्पा खनालले उम्मेद्वारी परेको छ। महासचिव पदको लागि गोबिन्द प्रसाद शर्मा, बिक्रम खड्का, विश्वराज पछलङ्या चौधरी र श्यामलाल पोख्रेल तथा सचिव पदमा काशीराम शर्मा, जयसिंह केसी, नरेश केसी, तिलक गाउँले र रमेश पोखरेलले उम्मेद्वारी दिएको निर्वाचन समितिले दिएको छ।

यस्तै, समावेसी सचिवमा राजेन्द्र रावल क्षेत्री र शिव कुमार सुनार, कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुसाल र यमनाथ घिमिरेको मनोनयन भएको हो।

यस्तै, खुला सदस्यहरुमा किरण विक्रम शाह, कुलराज बञ्जाडे, केशर बहादुर रोका, केशरमान बिसी, गोपाल भण्डारी, जीवन डाँगी, देविराम बञ्जाडे, प्रेम नारायण आचार्य, भुवन कार्की, माधवराज न्यौपाने, सुनिल कुमार पोख्रेलले उम्मेद्वारी दिएका छन्।

यस्तै, महिला सदस्यमा पार्वती आचार्य, पार्वती बस्नेत, मिना ढकाल, सरला सुबेदी र सावीत्री रसाईली तथा दलित सदस्यमा गोबिन्द बिक, चिन्दा बहादुर दर्जी र शान्ती बिकले उम्मेद्वारी दर्ता गरेका छन्।

यस्तै, आदिबासी जनजाती सदस्यमा गणेश शारु, टेक बहादुर मास्की (एक), भिम प्रसाद गुरुङ र सनु थापा तथा मधेशी सदस्यमा अंकुश कुमार श्रीवास्तव, तुलससीराम यादब, बिन्दु कुमार चौहान र रामबिकास चौधरीले उम्मेद्वारी दिएका छन्।

यस्तै, अल्पसंख्यक सदस्यमा ओरीराम चौरासिया र मो अरिफ अन्सारीले उम्मेद्वारी दिएको निर्वाचन मण्डलले जनाएको हो। लुम्बिनी प्रदेशमा १२ सय बढी पत्रकार महासंघका मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell