PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पत्रकार महासंघ प्रदेश २ मा २२ पदका लागि ५३ जनाको उम्मेद्वारी, अध्यक्षमा तीन जनाको दावी



पहिलोपोस्ट

पत्रकार महासंघ प्रदेश २ मा २२ पदका लागि ५३ जनाको उम्मेद्वारी, अध्यक्षमा तीन जनाको दावी

वीरगंज : नेपाल पत्रकार महासंघ प्रदेश २ समितिको २२ पदका लागि ५३ जनाको उम्मेद्वारी परेको छ। प्रदेश निर्वाचन समिति जनकपुरमा उनीहरुले उम्मेद्वारी दिएको निर्वाचन आयुक्त तथा संयोजक रामभरत साहले जानकारी दिए।

अध्यक्षमा प्रेस चौतारी र प्रेस मञ्चका साझा उम्मेद्वार राजेशकुमार कर्ण, प्रेस युनियनको नेतृत्वमा बनेको महागठबन्धनका उम्मेद्वार नवलकिशोर यादव र मधेसी पत्रकार समाजका जितेन्द्रप्रसाद सिंहले उम्मेद्वारी दिएका हुन्। उपाध्यक्षमा वृजलाल पासवान, राजु विक र रामचन्द्र प्रसाद गुप्ता गरी तीन जना, महिला उपाध्यक्षमा चार जनाले उम्मेद्वारी दिएका छन्। ज्योति झा, नेहा झा, मालाकुमारी कर्ण, रेणुकुमारी चौधरी गरी चार जनाले उम्मेद्वारी दिएका हुन्।

महासचिव पदमा अशोककुमार तिवारी, ध्रुव साह, श्याम बन्जारा गरी तीन जनाले उम्मेद्वारी दिएका छन्। सचिवमा खुल्ला र समावेदशी १/१ गरी दुई पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। खुल्ला तर्फ अजित कुमार सिंह, आलोक पाण्डे, कमलकुमार उपाध्याय तथा समावेशीतर्फ उपेन्द्रप्रसाद यावद, जीतलाल श्रेष्ठ र भोला पासवानले उम्मेद्वारी दिएका छन्। 

त्यस्तै, कोषाध्यक्षमा विश्वानाथ ठाकुर, मनोजकुमार मिश्र, रमेश सुवेदी, शैलेन्द्रकुमार महतो गरी ५ जना र खुल्ला सदस्य पदमा १२ जनाले उम्मेद्वारी दिएका छन्। जसमा अजयकुमार साह, अनिलकुमार तिवारी, दिपकप्रसाद गौत्तम, नविन सिंह, वैद्यनाथ चौधरी, मनोज तिमिल्सिना, महेश्वर अधिकारी, रमेश सिंह, ललनकुमार साह, शैलेन्द्र झा, सन्तोषकुमार सिंह, त्रिलोकीनाथ यादव रहेका छन्। तीन पदको महिला सदस्यका लागि ६ जनाले उम्मेद्वारी दिएका छन्। जसमा प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देव, सपना ढकाल, सरिता चौधरी, वरुण यादव रहेका छन्।

दुई पदको मधेसी सदस्यमा धनवीर महतो, नविन मिश्र, सन्जयकुमार राउत गरी तीन जनाको उम्मेद्वारी परेको छ। २ पदको आदिवासी जनजाति सदस्यमा उदयकुमार दास थारु, रोयण्टर मण्डल, शंकर श्रेष्ठ गरी तीन जना, एक जना दलित सदस्यमा कैलाश दास, वीरेन्द्र विक, रामएकबाल महरा गरी तीन जना, अल्पसख्यक सदस्य एक जनाको लागि ज्ञासुमिया देवान, प्रभासचन्द कर्ण र हदिस खुदार गरी तीन जनाको उम्मेद्वारी परेको छ।

उम्मेद्वारी फिर्ता लिन भोलिको समय तालिका छ। साँझ अन्तिम नामावाली प्रकाशित गरी चैत २५ गते निर्वाचन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell