PahiloPost

May 15, 2026 | १ जेठ २०८३

आजबाट रिङ रेस्लिङ सुरु हुँदै, सहभागी हुन रेस्लर पुगे पोखरा



पहिलोपोस्ट

आजबाट रिङ रेस्लिङ सुरु हुँदै, सहभागी हुन रेस्लर पुगे पोखरा
तस्बिर: राखेप

काठमाडौं: दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आजबाट पोखरामा सुरु हुदैँछ।

राष्ट्रिय खेलकुद परिषद् सदस्य तथा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताको सबै तयारी पुरा भइसकेको जानकारी दिएकी छन्।

उनले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ्ग प्रतियोगितामा सहभागिता जनाउन रेस्लरहरु पोखरा पुगिसेकेको बताइन्।

'हामी सम्पूर्ण पक्षको तयारी पुरा गरेर प्रतियोगिताको उद्घाटन समापनलाई उत्कृष्ट र भब्यता दिन लागि परेका छौं,' उनले भनिन्। प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिकालगायतको सहयोगमा अनुमानित बजेट २९ लाख रहेको उनले बताइन्।

पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उपाधि बिजेताले नगद १ लाख रुपैयाँ सहित च्याम्पियन वेल्ट तथा उपविजेताले नगद ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

यसअघि नेपाल रिङ रेस्लिङ संघले पर्यटकिय नगरी पोखरामा २०७३ सालमा पहिलो संस्करण आयोजना गरेको थियो।

हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर (कमल तामाङ्ग) ले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन्।

आजदेखि सुरु हुने दुई दिने प्रतियोगितामा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रेफ्रीको भूमिका निर्वाह गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell