PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कीर्तिपुरमा पौडी खेल्ने क्रममा दुई जना बालकको डुबेर मृत्यु



पहिलोपोस्ट

कीर्तिपुरमा पौडी खेल्ने क्रममा दुई जना बालकको डुबेर मृत्यु
प्रतिकात्मक तस्बीर

काठमाडौंः कीर्तिपुरमा पौडी खेल्न गएका दुई जना बालकको डुबेर मृत्यु भएको छ।

बिहिवार दिउँसो कीर्तिपुर नगरपालिका-६ टौदह नयाँ झोलुङ्गेपुल नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका १ खहरे बस्नेहरु ओखलढुङ्गा सिजिदेब गाउँपालिका-३ घर भएका ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ घर भएका ८ वर्षीय क्रिस मगर रहेका छन्।

खाल्डोमा ५ जना बालकहरु पौडी खेल्ने क्रममा दुई जना हराएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खाल्डोमा उनीहरुको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell