PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

'पर्यावरण बचाऔं' भन्दै गमला समातेर सिंहदरबार अघि पुगेका युवाहरु प्रहरीद्वारा पक्राउ

'पर्यावरण बचाऔं' भन्दै गमला समातेर सिंहदरबार अघि पुगेका युवाहरु प्रहरीद्वारा पक्राउ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : वायु प्रदूषणलाई नियन्त्रण गर्न र निजगढमा जंगल विनाश गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारले तयारी गरेको विरोधमा युवाहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्।

विकासको नाममा हजारौं रुख काटेर विमानस्थल बनाउँदा पर्यावरणमा असर पर्ने भन्दै उनीहरुले विरोध गरेका हुन्। यस्तै, काठमाडौं उपत्यका सहित शहरी क्षेत्रमा वायु प्रदूषण बढेको भन्दै उनीहरुले पर्यावरणीय सन्तुलन कायम गर्न वन जोगऔं भन्दै नारा समेत लगाएका थिए।

सिंहदरबारको पश्चिम गेट अगाडि भेला भएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell