PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सिनजियानको कटनमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि नेपालसहित २० देशका विदेशी कूटनीतिज्ञ सिनजियानमा



पहिलोपोस्ट

सिनजियानको कटनमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि नेपालसहित २० देशका विदेशी कूटनीतिज्ञ सिनजियानमा
फोटो : ग्लोबल टाइम्स

चीनको सिनजियान युगुर स्वाशासित क्षेत्रका टेक्सटाइल उद्योगबाट उत्पादित सामाग्रीमाथि अमेरिका सहितका पश्चिमा देशहरुले प्रतिबन्ध लगाएसँगै चीनले विदेशी कुटनीतिज्ञहरुलाई त्यहाँको उद्योगहरुको भ्रमण गराएको छ। साथै उसले सिनजियान क्षेत्रमा प्रमणका लागि विदेशी उद्योग संघ संस्थाहरु तथा तेस्रो पक्षलाई आग्रह गरेको छ।

बिहीवार त्यहाँको चाइना कटन एसोसिएसनले वक्तव्य जारी गर्दै आफूहरुले वतावरण मैत्र उच्च गुणस्तरको कटन उत्पादन गरिरहेको जनाएको छ। उसले विदेशी व्यवसायीलाई त्यहाँका उद्योगहरुको भ्रमणका लागि निम्ता दिएको छ। साथै एसोसिएसनले युगुर समुदायमाथि नरसंहारको आरोपलाई खारेज समेत गरिदिएको छ। 

मंगलवारमात्र चीनले नेपालसहित रुस, पाकिस्तान लगायतका २० देशका ३० कुटनीतिज्ञलाई सिनजियान को भ्रमण गराएको थियो। त्यहाँ कुटनीतिज्ञहरुले धार्मिक गतिविधिको अवलोकन गर्नुका साथै गरिवी निवारण कार्यक्रम, शैक्षिक संस्थाहरुको अवलोकन गरेका थिए।

साथै, कुटनीतिज्ञहरुले प्रतिआतंकवाद सम्बन्धी प्रदर्शनीको समेत अवलोकन गरेका थिए। बिहीवार बेइजिङस्थित इरानी दूतावासले सिनजियाङ क्षेत्रको भ्रमण गरेको जानकारी गराउँदै त्यहाँको कटन उत्पादन उद्योगहरु पूर्ण क्षमतासहित सञ्चालनमा रहेको बताएका छन्। दूतावासले सिनजियाङमा नरसंहारको चर्चा पश्चिमाहरुले गरिरहेको भन्दै उनीहरुले चीनले विकास गरेको देख्न नचाहेको बताएको छ।

'हामीले त्यहाँ गरिवी निवारणको प्रयासहरु देख्यौँ। स्थानीय व्यक्तिहरुले त्यसको नेतृत्व गरिरहेका छन्,' दूतावासले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell