PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बुटवल लुम्बिनी क्लबले छान्यो तीन जना विदेशी खेलाडी, सुगम पोखरेलको स्वरमा क्लबको गीत



पहिलोपोस्ट

बुटवल लुम्बिनी क्लबले छान्यो तीन जना विदेशी खेलाडी, सुगम पोखरेलको स्वरमा क्लबको गीत

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टिम बुटवल लुम्बिनीले तीन जना विदेशी खेलाडीको टुंगो लगाएको छ। आज पत्रकार सम्मेलन गर्दै बुटवल लुम्बिनीले विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको हो।

बुटवल लुम्बिनीबाट खेल्न आउने विदेशी खेलाडीमा ओल्माजा नुरेन, अर्माण्ड बेडोउम र विलियम ओपोकु रहेका छन्। ती खेलाडीहरु नाइजेरिया, घाना र एक अर्को अफ्रिकी देशबाट भित्र्याइएको क्लबका अध्यक्ष तिमल्सिनाले बताए। उनीहरुको टिकेटिङको काम सुरु भइसकेको उनले बताए। त्यस्तै टिमका खेलाडीहरुलाई सोल्टी होटलमै बसोवासको ब्यवस्था मिलाएको तिमल्सिनाले बताए।

'लिगको प्रबल दाबेदारको रुपमा आफूलाई लिएका छौं। कुनै कुरा कम्प्रमाइज गर्ने पक्षमा हामी छैनौं,' अध्यक्ष तिमल्सिनाले भने।

त्यस्तै टिमका मार्की खेलाडी विशाल श्रेष्ठले टिम सन्तुलित भएकाले उपाधिको दाबेदार आफूहरु भएको दाबी गरे। 'टिममा राम्रो सन्तुलन छ। युवा खेलाडी र अनुभवी खेलाडीको राम्रो कम्बिनेसन छ। टेक्निकल्ली पनि हामी बलियो छौं,' श्रेष्ठले भने।

त्यस्तै टिमका जनरल म्यानेजर राजुकाजी शाक्यले बिचका केहीँ प्रतियोगिताहरुले गर्दा ट्रेनिङ सुरु गराइहाल्न समस्या भएको बताए। उनले पर्सिबाटै ट्रेनिङ गराउने तयारी भए पनि बिचमा अर्को प्रतियोगिता परेकाले अर्को हप्ताबाट ट्रेनिङ सुरु गराउने बताए। उनको संकेत आहा रारा गोल्डकपलाई थियो।

'पर्सिबाटै अभ्यास सुरु गराउने तयारी थियो। तर बीचमा अर्को प्रतियोगिता परिदियो। अब अर्को हप्ताबाट ट्रेनिङ थाल्छौं,' उनले मार्की खेलाडी श्रेष्ठको भनाइमा सही थप्दै भने, 'हाम्रो टिम सन्तुलित छ।'

त्यस्तै स्थानीय खेलाडीहरु नियममा अस्पष्टताका कारण छनोट गर्न नसकेको शाक्यले बताए। स्थानीय खेलाडी ए डिभिजन लिग खेले बाहेकका खेलाडीहरुबाट छान्नुपर्ने बताइएको छ।

त्यस्तै बुटवल लुम्बिनीले गायक सुगम पोखरेलको आवाजमा टिमको गीत समेत सार्वजनिक गरेको छ। 'यो खेल हो, यो हौसला उमंग हो' भन्ने बोलको गीत सार्वजनिक गरेको हो।

यस्तो छ बुटवल लुम्बिनी टिम

टिम कोच: सानोज श्रेष्ठ

जनरल म्यानेजर: राजुकाजी शाक्य

मार्की खेलाडी: विशाल श्रेष्ठ

खेलाडीहरु:

लक्ष्मण रुचाल, सुरज बिक, रबिन श्रेष्ठ, सत्रुधन चौधरी, शेषेहाङ आङदाम्बे, मनबहादुर परियार, रबि थापा मगर, अमिर श्रेष्ठ, अनिल महर्जन, आशिष लामा, चेतन कुमार थारु, सुमन लामा, जय गुरुङ, रञ्दिप पौडेल

विदेशी खेलाडी : ओल्माजा नुरेन, अर्माण्ड बेडोउम र विलियम ओपोकु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell