PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

यस्तो देखियो मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन

यस्तो देखियो मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मेलम्ची खानेपानी वितरणको आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरेकी हुन्।

योसँगै तीन दशकपछि उपत्यकाबासीको मेलम्चीको पानी पिउने चाहना पूरा भएको छ। तीन दशकमा ३५ अर्ब रुपैयाँ खर्च गरेपछि मात्रै राष्ट्रिय गौरवको यो आयोजना सफल भएको छ।

मेलम्चीको पानी चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न स्थानमा वितरण शुरु भएको थियो। भण्डारीले भने आजमात्रै औपचारिक कार्यक्रम गरी पानी वितरण प्रणालीको सुरुवात गरेकी हुन्।

त्यसक्रममा राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा बनाइएको पानीको फोहोरासमेत उद्घाटन गरिन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए। त्यस्तै, आम सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell