PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ताइवानमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो, चालकको पनि मृत्यु



पहिलोपोस्ट

ताइवानमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो, चालकको पनि मृत्यु
Photo: XINHUA/SIPA

पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ। उक्त दुर्घटनामा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ

ताइपेइबाट ताइतुङतिर लागेको रेल हुवालियन क्षेत्रको सुरुङमा शुक्रवार बिहान दुर्घटना भएको थियो। ४९० यात्रु रहेको रेलले ट्रयाक छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ। 

दुर्घटनामा रेल चालकको पनि मृत्यु भएको छ। मृत्यु भएकामध्ये केहीको अझै पहिचान खुलेको छैन। घटनामा घाइते भएका करिब ६९ जनालाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको त्यहाँस्थित सेन्ट्रल न्युज एजेन्सी (सीएनए)ले जनाएको छ।

द तरोको एक्स्प्रेसको रेल प्रति घण्टा ८० माइलको गतिमा कुद्ने गर्छ। ताइवानको रेल विभागले घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेको जनाएको छ। सुरुङ नजिक रहेको भिरालो जमिनबाट चप्लिएको गाडी गुडिरहेको रेलमा ठोक्किँदा उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको सीएनएले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell