PahiloPost

May 15, 2026 | १ जेठ २०८३

अमेरिका पुर्‍याइएका पुरातात्विक नेपाली कलाकृतिहरू नेपाल फर्काइदै



पहिलोपोस्ट

अमेरिका पुर्‍याइएका पुरातात्विक नेपाली कलाकृतिहरू नेपाल फर्काइदै
Photo: US Embassy, Nepal

काठमाडौं : अवैध रुपमा अमेरिका पुर्‍याइएका नेपालका थप पुरातात्विक कलाकृतिहरू नेपाल फर्काइने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालका थप कलाकृतिहरू घर फर्किने क्रममा रहेको जानकारी दिएको हो।

दूतावासका अनुसार बिहीवार अमेरिकाको न्यूयोर्कमा आयोजित एक समारोहमा न्यूयोर्कस्थित जिल्ला वकीलको कार्यालयका प्रतिनिधिहरूले नेपाली कन्सुलेटका प्रतिनिधिहरूलाई १५-१६ औं शताब्दीको गणेशको मूर्ति, १४-१५ औं शताब्दीको बुद्धको मूर्ति, र तेह्रो शताब्दीको अप्सराको प्रतीक हस्तान्तरण गरेका छन्।

अघिल्लो महिना पाटनको लक्ष्मी नारायणको मूर्ति हस्तान्तरण गर्ने क्रममा राजदूत रेन्डी बेरीले भनेका थिए, ‘अब अमेरिकाले अन्य कलाकृतिहरूलाई पनि फर्काउनको लागि नेपालसँग सहकार्य गर्नेछ, जुन नेपालको संस्कृति, परम्परा, र ईतिहासको लागि अत्यन्तै महत्वपूर्ण छन्।

दुई देशबीचको घनिष्ठ मित्रताको लागि यो एकदमै उत्साही क्षण भएको उनको भनाइ थियो।

 

नेपालका थप कलाकृतिहरू घर फर्किने क्रममा रहेकोमा हामी अत्यन्तै हर्षित छौं। हिजो अमेरिकाको न्यूयोर्कमा आयोजित एक समारोहमा...

Gepostet von U.S. Embassy, Nepal am Freitag, 2. April 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell