PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

जनकपुरधामको शिव चौकमा साधुको शव फेला



पहिलोपोस्ट

जनकपुरधामको शिव चौकमा  साधुको शव फेला

जनकपुरधामः जनकपुरधामको शिव चौकमा एक वृद्ध साधुको शव फेला परेको ।

शिव चोक स्थित होटेल वेलकमको अगाडी सडक छेउमै  वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शव धनुषाको धनौजी गाउँपालिकाको लखौरी घर भएका ७० वर्षीय साधु सुखन दासको रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

उनी सडक तथा घरमा माग्दै हिँड्ने साधु भएको खुलेको छ। यद्यपि उनको मृत्युको कारण भने खुली नसकेको प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट केही नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पुर्जी कागजात समेत फेला परेको प्रहरीले जनाएको छ।

उनको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell