काठमाडौंः मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको टोलीले सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ शिरापुर नगरपालिका ६ साँखु बाट वास्तविक नम्बर परिवर्तन गरी बा ९५ प ७९७६ नम्बरको रातो रङ्गको एनएस पल्स मोटरसाइकल चलाई रहेको अवस्थामा पक्राउ गरिएको महाशाखाका एसएसपी जनकराज भट्टराइले जानकारी दिए। मोटरसाइकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको खुल्न आएको छ।
प्रहरीले फेला पारेको मोटरसाइकल पुस १४ गते कोटेश्वर भाटभटेनीबाट हराएको प्रहरीले जानकारी दिएको छ।
