PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ललितपुर मेयर्स कप आजबाट सुरु: पहिलो खेलमा एपीएफको जित, सीता राना मगरको अर्धशतक



पहिलोपोस्ट

ललितपुर मेयर्स कप आजबाट सुरु: पहिलो खेलमा एपीएफको जित, सीता राना मगरको अर्धशतक
तस्बिरहरु: क्यान

काठमाडौं: ललितपुर मेयर कप महिला च्याम्पियनसिप आजबाट सुरु भएको छ। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले प्रदेश १ माथि ८ विकेटको सानदार जित निकाल्यो।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। जसका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४५ रन बनाउँदा रोमा थापाले ३३ रनको महत्वपूर्ण योगदान गरिन्। बलिङतर्फ एपीएफकी रेखा रावल , करुणा भण्डारी, सीता रानामगर र बिनु बुढाले समान १/१ विकेट लिएका थिए।

१०७ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको एपीएफले २ विकेट गुमाएर १८ ओभरको समाप्तिमा लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि अर्धशतकीय पारी खेलेकी कप्तान सीता रानामगरले अभिजित रहँदै ५२ रन जोडिन्। उनले ५० बलमा ७ चौकाको सहायतामा ५२ रन बनाएकी हुन्। त्यस्तै ज्योति पाण्डेले ३२ रन जोडिन्। प्रदेश १ का लागि रुबिना क्षेत्री र संगिता राईले समान १/१ विकेट लिए।

आजै हुने दोस्रो खेलमा ललितपुर मेयर्सले टस जितेर ब्याटिङमा उत्रिएको छ।

प्रतियोगितामा पाँचवटा टिम सहभागी छन्। एउटा टिम ललितपुर मेयरको र बाँकी चार टिम प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, प्रदेश १, सुदूरपश्चिम र लुम्बिनी प्रदेश रहेकाछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell